काठमाडौँ । काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान सार्वजनिक गरेको नतिजा अनुसार ८३ हजार ५६४ जना परीक्षार्थी उत्तीर्ण भई ग्रेडेड भएका छन्।
यस वर्षको पूरक परीक्षामा सहभागी भएका कुल १ लाख ४३ हजार २५७ मध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो। गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा असफल भएका विद्यार्थीलाई पुनः अवसर दिइएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend