आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

टेक पुन मगरको विजयादशमीको शुभकामना तथा राजनीतिक चेतावनी सन्देश

टेक पुन मगरको विजयादशमीको शुभकामना तथा राजनीतिक चेतावनी सन्देश

 

६ असोज, काठमाडौं । टाइगर ट्राभल एन्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक टेक पुन मगरले विजयादशमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले हालसालै भएको जेन्जी आन्दोलनलाई नयाँ क्रान्तिको सुरुवात भन्दै प्रधानमन्त्री तथा मन्त्री बन्नका लागि अब पढ्नुपर्ने र देशप्रेमसहित सेवाभावले काम गर्नुपर्ने  आबश्यकता  यो आन्दोलनले सिर्जना गरेको ठहर गरेका छन् । “यो जेन्जी विद्रोहले ल्याएको उपलब्धि नै देशको लागि ठूलो परिवर्तन हो,” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

मगरले सेवाभाव, इमान्दारिता र योग्यतासहित काम गर्ने सबै मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना दिँदै सम्पूर्ण देशप्रेमी   नागरिकलाई हार्दिक बधाई दिएका छन् । साथै, उनले विगतमा भएको झुठको राजनीति, हिंसा, तोडफोड र जनविरोधी गतिविधिहरूलाई उल्लेख गर्दै अबका चुनावमा नेपाली जनताले हरेक नेताको हिसाबकिताब गर्ने चेतावनी पनि दिए ।

विजयादशमी पर्वको अवसरमा उनले   सम्पूर्ण नागरिकहरूमा नयाँ उमंग, सोच, शक्ति र विश्वास जगाओस् भन्ने कामना गरेका छन् । “नेपाली परिवार, समाज र राष्ट्रमा प्रेम,    सद्‍भाव र एकताको भावना बढोस्,” भन्दै उनले शुभकामना सन्देशमा जोड दिएका छन् । मगरले अन्त्यमा सम्पूर्ण नेपाली जनतामा हार्दिक विजयादशमीको शुभकामना व्यक्त गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend