आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

इमाडोल प्रहरी प्रभागमा तोडफोड–आगजनीमा संलग्न पाँच जना पक्राउ

इमाडोल प्रहरी प्रभागमा तोडफोड–आगजनीमा संलग्न पाँच जना पक्राउ

 

 

६ असोज,काठमाडौं । भदौ २४ गतेको असामान्य परिस्थितिको फाइदा उठाउँदै इमाडोल प्रहरी प्रभागमा तोडफोड र आगजनी गर्दै लुटपाट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये केहीले प्रहरीको पोशाक, गरगहना तथा व्यक्तिगत धनमालसमेत चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ परेकामध्ये काभ्रे घर भई महालक्ष्मी–८ लुभु बस्ने २० वर्षीय कुमार तामाङ, धनकुटा पाख्रिबास घर भई लुभु बस्ने २२ वर्षीय गोकर्ण राई, रामेछाप घर भई लुभु बस्ने २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भई इमाडोल बस्ने ३१ वर्षीय सुनिलकुमार बस्नेत, सोलुखुम्बु घर भई लुभु बस्ने २२ वर्षीय सरोज नेपाली र सिन्धुली घर भई इमाडोल बस्ने २१ वर्षीय नरेश तामाङ रहेका छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव, चोरी तथा संगठित अपराध मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँगै प्रहरीले बुट एक जोडी, तिलहरी एक थान, झुम्का एक जोडी र मंगलसूत्र एक थान बरामद गरेको जनाएको छ ।

प्रहरीले यस्तो अपराधलाई गम्भीर रूपमा लिँदै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी जारी रहेको जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend