आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाली कांग्रेस नेता रामहरी खतिवडाद्वारा घटस्थापनाको शुभकामना

नेपाली कांग्रेस नेता रामहरी खतिवडाद्वारा घटस्थापनाको शुभकामना

 

 

६ असोज,काठमाडौं । विजयादशमी २०८२ को प्रथम दिन अर्थात् घटस्थापनाको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उहाँले शुभकामना कार्डसहितको तस्बिर सार्वजनिक गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, समृद्धि र आपसी सद्भावना कायम होस् भन्ने कामना गर्नुभएको हो ।

नेता खतिवडाले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिँदै सबै नेपालीबीच राष्ट्रिय एकता, सहकार्य र भाईचारा अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र लोकतान्त्रिक मूल्य–मान्यताहरूलाई मजबुत बनाउन चाडपर्वले विशेष अवसर दिने धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेसका लोकप्रिय नेतामध्ये एक मानिनुहुने खतिवडा सधैं सर्वसाधारण जनतासँग नजिक भएर काम गर्ने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँको शुभकामना सन्देशलाई पार्टीका कार्यकर्ता तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन् । विजयादशमीको सुरुवाती दिनमै सार्वजनिक गरिएको उहाँको शुभकामना कार्डले चाडपर्वको माहोललाई अझ उत्साहपूर्ण बनाएको देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend