३० भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भदौ २४ मा भएका तोडफोड र आगजनी घटनामा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टिए भए कडा कारबाही गरिने बताएको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा तथ्य र प्रमाण पाइए सरकारसँगै पार्टीले पनि कठोर कदम चाल्ने जनाएको छ।
विज्ञप्तिमा केहि व्यक्ति वा समूहले माओवादी कार्यकर्ताको संलग्नता भएको भनी गरिएको प्रचारप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको भन्दै आधारहीन दुष्प्रचारबाट भ्रमित नहुन आम जनता समक्ष अपिल पनि गरिएको छ। पार्टीले जेन–जी पुस्ताको आन्दोलनमा घुसपेठ गरी भएको विध्वंस र वितण्डालाई निन्दा गर्दै आन्दोलनको मूल उद्देश्यलाई धुमिल पार्ने प्रयास भइरहेको बताएका छन्।
सोही विज्ञप्तिमा माओवादी केन्द्रले आफ्नो कार्यालय, नेता तथा कार्यकर्ता परिवारमा भएको तोडफोड र आगजनीप्रति कडा विरोध जनाएको छ र घटनाका दोषीविरुद्ध स्पष्ट प्रमाण आए कारबाहीको प्रक्रिया अघि बढाइने पनि बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend