आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रास्वपाका नेता टेक पुन मगरको चेतावनीः “सामाजिक सञ्जालमा खाएको खिर, भोलि आफैंलाई गलपासो बन्न सक्छ”

रास्वपाका नेता टेक पुन मगरको चेतावनीः “सामाजिक सञ्जालमा खाएको खिर, भोलि आफैंलाई गलपासो बन्न सक्छ”

 

२९ भदौं, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेक पुन मगरले सामाजिक सञ्जालमा पार्टीप्रतिको समर्थनलाई हल्का रुपमा नलिन आग्रह गर्दै चर्को चेतावनी दिएका छन्। उनले आइतबार आफ्नो फेसबुकमार्फत लेखेका छन्, “बिगतलाई सम्झनैपर्छ—२०७९ असार ७ गते पार्टी स्थापना हुँदै गर्दा २१ सदस्य पनि नपुग्ने गरी मुस्किलले संस्था खडा भएको थियो। तर आज, केवल ३ वर्षको अवधिमा सभापतिज्यूको मिशन र भिजनमा साथ दिन तयार ४० लाखभन्दा माथि नागरिक हामीसँग छन्।”

उनले थप लेखे, “सामाजिक सञ्जालमा रङ्गाएर खाएको खिर भोलि आफैंलाई गलपासो हुन सक्छ, त्यसैले सतर्क रहन आवश्यक छ।”

नेता पुन मगरले आफ्नो पोस्टमार्फत पार्टीको छोटो समयमै हासिल गरेको जनसमर्थनलाई उल्लेख गर्दै अनुशासन, एकता र स्पष्ट दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएका छन्। उनका अनुसार, पार्टीले प्रारम्भिक कठिनाइका बाबजुद आम नागरिकबीच छिट्टै विश्वास जित्न सफल भएको छ, तर यस विश्वासलाई कमजोर पार्ने गतिविधिहरूप्रति सचेत रहनुपर्ने अवस्था आएको छ।

सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणी, अफवाह र गालीगलौज भइरहेका बेला उनले दिएको चेतावनीलाई कार्यकर्ताले गम्भीरताका साथ लिनुपर्ने देखिन्छ। पुन मगरको भनाइ अनुसार, “आजको फेसबुक, ट्वीटर वा टिकटकमा सजिलै चम्कन सकिन्छ तर दीर्घकालीन राजनीति त्यही चमकले सम्भव हुँदैन। राजनीति त्यहाँ टिक्छ जहाँ पार्टीको नेतृत्वप्रति आस्था र जनताको दुःख–सुखसँग वास्तविक सम्बन्ध हुन्छ।”

रास्वपा २०७९ असार ७ गते केवल २१ जना संस्थापक सदस्यको संख्यामा औपचारिक रूपमा दर्ता भएको थियो। छोटो समयमै यो पार्टीले नेपालको राजनीतिमा ठूलो हलचल ल्याएको छ। हालसम्मको उपलब्धि उल्लेख गर्दै टेक पुन मगरले पार्टीभित्रका नेता, कार्यकर्ता र समर्थकलाई निरन्तर संघर्ष र धैर्यताको बाटो समात्न आह्वान गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend