२९ भदौं, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी उनलाई पदभार हस्तान्तरण गरिएको हो। पदभार ग्रहण समारोहमा मुख्यसचिव एकनारायण अर्यालसहित उच्च प्रशासनिक अधिकारीहरूले सहभागी भई कार्कीलाई स्वागत गरेका थिए।
पदभार ग्रहण गर्नु अघि प्रधानमन्त्री कार्कीले शहीद गेटमा माल्यार्पण गरी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। जनआन्दोलन र परिवर्तनका क्रममा बलिदान दिनेप्रति स्मरण गर्दै उनले मुलुकलाई शान्ति, स्थिरता र सुशासनतर्फ अघि बढाउने संकल्प व्यक्त गरेकी छिन्।
जेन–जी आन्दोलनको दबाबमा शुक्रबार राति अन्तरिम सरकारको नेतृत्वका लागि नियुक्त भएकी कार्कीले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनबाटै आफ्नो जिम्मेवारी सम्हाल्दै सरकार सञ्चालनको थालनी गरेकी हुन्। मुलुकको अस्थिर राजनीतिक परिस्थितिमा पहिलो महिला अन्तरिम प्रधानमन्त्रीका रूपमा उनको भूमिका विशेष महत्वका साथ हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend