आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

 सुरक्षाजन्य कारण देखाउँदै बुद्ध एयरका सबै उडान स्थगित

 सुरक्षाजन्य कारण देखाउँदै बुद्ध एयरका सबै उडान स्थगित

 

२४ भदौ, काठमाडौं । देशभरको अस्वभाविक तथा गम्भीर परिस्थिति र सुरक्षासम्बन्धी कारण देखाउँदै बुद्ध एयरले आजका लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागेको छ। “आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै यात्रुहरूलाई आवश्यक सहयोग र जानकारीका लागि सम्पर्क गर्न आग्रह गरिएको छ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अन्य विमान कम्पनीहरूले पनि हवाई आवागमन प्रभावित हुन सक्ने चेतावनी दिएका छन् र यात्रुहरूलाई सतर्क रहन अनुरोध गरेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend