आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै, प्रतिवेदन र निर्वाचन कार्यसूचीमा ध्यान

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै, प्रतिवेदन र निर्वाचन कार्यसूचीमा ध्यान

 

 

२२ भदौ, काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सकिँदैछ। दुई दिनदेखि जारी महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० वटा समूहबीचको विमर्श पूरा भइसकेको छ। प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनाइएका ती समूहले प्रतिवेदन तयार पारेका छन्, जसलाई आइतबार टोली नेताहरूले महाधिवेशन हलमा प्रस्तुत गर्ने कार्यक्रम छ।

महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीसँगै अन्य नेतृत्वले समूहगत सुझावबारे जवाफ दिने कार्यतालिका तय गरिएको छ। साथै, एमाले केन्द्रीय निर्वाचन आयोगको निर्वाचनसमेत आज हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend