काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस को अवसरमा सोसाइटीको काठमाडौं जिल्ला शाखाले ुविश्व रेडक्रस अभियानमा नेपाल रेडक्रस शिर्षक पुस्तक प्रकाशन गरेको छ।
लेखकद्वय सपूतबहादुर कार्की र पुष्पराज पौडेलद्वारा लेखिएको सो पुस्तकको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ , रेडक्रस सोसाइटी( काठमाडौंजिल्ला शाखाका सभापतिश्यामकाजी डोटेल र रेडक्रस सोसाइटी( बागमती प्रदेशका महासचिव रामजी पौडेलले बिहीवार एक समारोहबीच सार्वजनिक गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी , काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले ६३औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै नेपालमा रेडक्रस अभियानको इतिहास समेटिएको कृति प्रकाशित गरिएको बताए। नेपालमा २०२० सालमा रेडक्रस अभियानको आरम्भ भएपछि यसमा आएका उतारचढाव , संगठनको अवस्था र मानवीय सेवामा गरेको योगदानबारे पुस्तकमा खोजमूलक र तथ्यपरक सामग्री प्रकाशित गर्न पाएकोमा उनले प्रसन्नता व्यक्त गरे।
सभापति डोटेलले नेपाल रेडक्रस सोसाइटीको अभियानलाई जीवन्त राख्नका लागि यो पुस्तक सहयोगी हुने बताउँदै पुस्तकको बिक्रीबाट प्राप्त हुने रकमलाई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सदुपयोग गरिने जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend