आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चीनमा ओली–लाओ राष्ट्रपतिको भेटवार्ता

चीनमा ओली–लाओ राष्ट्रपतिको भेटवार्ता

 

१६ भदौं, थियानजिन, चीन । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनका क्रममा चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोगका सम्भावना तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय सरोकारका विषयमा व्यापक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायतको सहभागिता थियो।

एससिओ प्लस शिखर सम्मेलन आजदेखि सुरु भएको हो। सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले क्रमैसँग सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend