शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एक युवती बागमती नदीमा हामफालिन्

एक युवती बागमती नदीमा हामफालिन्

१६ भदौ, ललितपुर । एक युवती बागमती नदीमा ललितपुरको च्यासल नजिकैको दोभान पुलबाट हामफालेकी छन्। रुकुम पश्चिमको मुसीकोट घर भएकी २० वर्षीय अञ्जली शर्मा आइतबार साँझ नदीमा हामफालेकी हुन्।

वर्षापछि बाढीले उर्लिएको नदीमा हामफालेसँगै उनी बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनको खोजीमा प्रहरी जुटेको छ। पुलभन्दा ठीक मुनी एउटा ‘सुसाइड नोट’ र झोला फेला परेको छ। सामान युवतीकै हो होइन खुलेको छैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend