बिष्णु प्रसाद शर्मा,
शान्ति क्षेत्र नेपाल, साच्चै शान्ति क्षेत्र नै थियो । शान्ति क्षेत्र बनाउनमा राजाहरुको मात्रै देन थिएन राजाहरुलाई साथ, सहयोग दिने महान हस्तिका रुपमा परिचित नेपाली जनता नै थिए । भनिन्थ्यो, राजा प्रजा मिलेर बनाएको देश हो नेपाल। धेरै प्रकारले जनता एक आपसमा मिलिजुली बस्दै आएका थिए । त्यस बेला देशमा शान्ति पनि थियो । सरसापटी र देश प्रति बफादार रहदै आ आफनो जीविका दुःख जीलो गरेर भएका भिर पाखा समथर खेत आली कान्ला गरेर आएको उव्जनी खाएर नहुनेले ज्याला मजदुरी गर्दै कोही कसैको डर धाक र रवाफको प्रवाह नगरी रुखो सुखोले दिन चर्या बिताउँदै आएको इतिहासकै फल हो, स्वर्गतुल्य नेपालको पहिचान बीर गोर्खालीको नाम आफनै पराक्रमले कायम गराउँदै आएको अबस्था काँध भरी बोकेकै थिए । दक्षिणी हावा, परिवेश र अधिनायकबादको शिकार नहोस् र देशवासी जनताले पराधिनताको धेरै ठूलो भारी बोकेर हिड्न नपरोस भनेर नरभूपाल शाह त्यसपछिका गोरखाका राजा पृथ्वीनारायण शाहले एकिकरण प्रयास गरिबक्सेको थियो। त्यो एकिकरण कै प्रयास र नेपाली जनताको गौरवमय वीरताले गर्दा कसैको उपनिवेस बन्न नपरेको इतिहास हो । यो इतिहासलाई मेटाउन धेरै प्रयास र लगानी भएको छ । लगानीको प्रति फल नपाउने पक्का पक्कि संकेतहरु देखिदै जाँदाको अवस्थामा असान्तको वातावरण देखिनुलाई आश्चर्यता मान्नु पर्दैन। लगानी कर्ताले सुरक्षण र स्थायित्व त चाहन्छ नै त्यो अवस्थामा विकेका र विकाउका प्रयोग हुनु अस्वभाविक पनि होइन । सडकमा उत्रेर ढुंगा हान्ने बारहरु भत्काउने , आगजनी गरेर सर्वसाधरणलाई आतंकित बनाउने र अमेरिकी सेना नेपाल आयो भने मलाई चारभञ्ज्यागं कटाउनु म काठमाडौंको सभासद हुँ भनेर हुँकार आवाज निकाल्नेलाई अमेरिकी सेनाले नेपाल प्रवेश गरि डाँडा काँडाहरूमा छयाप छयाप्ती भइसक्दा पनि जनताले ती बोल्नेहरुलाई छोएका छैनन् । नेपाली जनता अभद्र छैननर नेपालको राजनीतिक क्षेत्रलाई केलाएर हेर्ने जो कोहीले सहजै भन्न सक्दछन । जो सरकारको प्रतिनिधित्व गरिराखेको छ । उसैको उक्साहटमा सामुदायिक स्कूलका शिक्षकहरू काठमाडौका सडकहरुमा अनाबश्यक उतारेर प्रजातन्त्रको खिल्लि उडाइरहेको मात्र नभई देश र जनतालाई अक्षम्य धोका दिइएको छ। यो अवस्था हुनु, आजको सरकारको नेतृत्व गरिरहेको व्यक्ति सामुदायिक स्कूलकै शिक्षक थियो र दक्षिणको छिमेकी देशले भडकाएर अपराधिक राजनीतिमा समावेश गराएर आफ्नो निजि स्वार्थ पूरा गराउन सफल भएको थियो भनेर आज सडकमा उत्रनेहरुले कदापी भुल्न मिल्दैन । कसैको लहडमा वा निजी स्वार्थमा नुकसाई मुलुकलाई बन्धक बनाउन सकिदैन त्यो अक्षम्य अपराध हो । नेपाली जनता भद्र, सालित छन् ।झोलेहरु उसैवाट प्रशिक्षित छन्। कुटिल राजनीतिले नेपाली माटो नै अपवित्र बनाउने काम भइसकेको छ । राष्ट्र र राष्ट्रियता बोधक ब्यक्तित्वले सम्वेदनशिल निकायको नेतृत्व लिन ढिला भइसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend