सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

छलछामले ब्यवस्था र नेता बदलिए तर जनताको अबस्था उस्तै

छलछामले ब्यवस्था र नेता बदलिए तर जनताको अबस्था उस्तै

बिष्णु प्रसाद शर्मा,
नेपाल आफनै गौरवमय बीरता र कुल धर्म भएको देश थियो । यो नै बैरी फिरंगी परचक्रिहरुका लागी प्राण त्युल्य घातक अस्त्रका रुपमा परिचित सावित भएको थियो । बिधर्मीहरुका लागी नेपालवाट सजग अनि सर्तकमय नभई नहँुने अबस्था राजा र हिन्दु अधिराज्यले गराएको राणाहरुको बिदेश भ्रमणका समय रसद पानी आफैले लिएर जाने र बीर नेपाली गोर्खाली सेनालाई अखाद्य पर्दाथ ख्वाउँन नपाउने र फर्किने समयमा हिन्दुत्व नगुमाएको स्वधर्ममै रहेको प्रमाण पत्र समेत दिन पर्ने बाध्यताले यो नास्न उनीहरु लामै समय देखि लुकी छिपी लागी परेकै अबस्था थियो ।
२०२८ सालमा नेपालको राजधानी ललितपुर जिल्लाको जाउलाखेलमा सेन्जेभियर्स नामक क्रिश्चियन स्कुलको स्थापना गराउनु, त्यस स्कुलमा सेना, प्रहरी, उच्च पदस्थ कर्मचारी र राजनीतिक ब्यक्तिहरुका बालबच्चाहरुले प्रबेश गर्नु देशको धर्म तथा संस्कारलाई ध्वस्त बनाउन र लुकी छिपि धर्म परिवर्तन गराउने मार्ग खुलेकै हो । यो मार्गले देशका कुना कन्दरा सम्म उनीहरु प्रोजेक्टर बोकेर पुग्न गाउँका प्रधानपञ्चहरुले पैसाको र छोरा छोरी बिदेश पठाउन पाउने लालचमा सहयोग पुयाएकै थिए । पञ्चायती ब्यवस्था नराम्रो थिएन, होइन र कुनै पनि ब्यवस्थालाई दोस दिन सकिदैन । तर ब्यवस्थाका नाममा मपाइत्वको घोडा चढनेहरु अन्धा र लालची बन्नु देशको घात गर्नु हो । राष्ट्रघातकै कारण नेपाल जस्तो सानो देशमा प्रजातन्त्र नाम नै देश घातक सावित भइरहेको प्रमाण आज हामीले बोकेर हिडिराखेका छौं । बिकाउमा रमेको राष्ट्रको चौथो अंग बोल्न डराउने जनता मर्यादा र कर्तव्य बिहिन कर्मचारी जिम्मेवारी भन्दा बाहिर रहेको सेना, अपराधलाई लुकाउने प्रहरी र बल दलको निर्देशनमा चल्ने र राष्ट्रको हित नबुझेका कार्यकर्ता भए पछि एकाध इमान्दार राष्ट्र प्रेमी जनताले बोलेको सुनिदैन । कानूनी शब्द कोषले अ देखि ह सम्मको शव्दावली दिएको छ भने नेपाली बृहद शव्द कोषले अ देखि ज्ञ सम्मकै शव्दावली प्रकाशित गरिदिएको छ ।
नेपालमा खेती किसानीवाट जीवन यापन गर्ने जनता धेरै छन र बिहान बेलुकाको छाक टार्न कठिन अबस्थाका जनता धेरै छन । सदरमुकाममा प्राय यातायातको सुविधा होला तर बिद्यालय पुग्न खोला माथि एउटा तारको भरमा यातना जनक तवरले हाम्रा वालवालिका स्कुल गएका पनि देखेका छौ । शहरका काठकछाडमा आज भोली भोज गर्न मात्र होइन, चार जनाको परिवारमा रमाइलो गर्न पनि क्याटिंग बोलाउन थालिएको छ । छर छिमेकी दाजु भाई र नाता कुटुम्वहरुमा मेल मिलाप टुटि सकेको हुदा परम्परागत बारीको पाटोमा भोज भतेर गरिदैन । पार्टि प्यालेसमा महिलाहरु बियरका सिसिले खन्याएर तमासाको नाच प्रस्तुत गरिन्छ । स्कुल पढने बालवालीका स्कुलकै कुना काप्चामा मुख जोडेर बसेको सहज रुपमै देख्न सकिन्छ । उल्लेखित बिवेचित कुनै उपन्यास नभएर यथार्थ हो । यो सबै बिकार बिधर्मीहरुको करतुतले मौलाएको बिष हो भन्दा आपत्ति जनक हुदैन । छोरी हुनेलाई कसरी बिकाउने भन्ने डर छ भने छोरा हुनेलाई घर कसरी चलाउने भन्ने भयावहको अबस्था छ । बिवाह पश्चात महिला पुरुषलाई कति बेला अदालत पछि जेल पुयाउने हो यो सधैको त्रास कायमै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend