सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालको राजनीतिमा अवसरवादी चरित्र भएकाहरु नै हावी हुँदै

नेपालको राजनीतिमा अवसरवादी चरित्र भएकाहरु नै हावी हुँदै

भक्त के सी,
काठमाडौं, असोज ७ गते । मुलुकको राजनीति अस्थिर, ‘फुटाऊ र शासन गर’ प्रवृति दलतन्त्र, कुशासन र बेथितिमा रुमल्लिएको छ।बेथितिमा अपराधीहरु सबभन्दा शक्तिशाली र निर्णायक भएका छन । राजनीति चरित्र निर्माण बोलिने विषय नभएर व्यवहारमा प्रदर्शन गरिने विषय हो , ब्यक्ति जहाँ अवसर मिल्छ, त्यहाँ सर्ने मानव जातिको चरित्र हो।नेपाली नागरिक को चरित्र, नागरिक चेतनाले राष्ट्रको परिहचान, देश निर्माण र सामाजिक रुपान्तरणमा कसरी टेवा पुग्छ ? सर्वप्रथम त नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक सुधारमा समेत असर पर्ने देखिन्छ । नेपालको राजनीतिमा अवसरवादी चरित्र भएकाहरु नै हावी हुँदैछन् । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्त्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरी दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । कुन सामाजिक, राजनीतिक तथा आर्थिक पक्षहरुले यसप्रकारको दृष्टिकोण, भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने गर्दछ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँदछ । सीमा विवादमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुघ्द-दर्शक भएर बस्दैन ।उम्मेदवारको राजनीति चरित्र, प्रवृत्ति र योजना हेरेर मत दिनुहोस्, जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडि ल्याउँछ । समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।किन बिर्सन्छन मान्छेले मानवता ?
विशेषताहरु : जस्तै नेपाली संस्कृति, भारतीय संस्कृति, चिनियाँ. संस्कृति, फ्रान्सेली संस्कृति आदि । जाति वा समूदायविशेषका मानिसहरूको संस्कृतिलाई लिएर समाज बनेको छ। प्रत्येक व्यक्तिले आफ्नो अधिकारको संरक्षण गर्छन् ,नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले मात्र हालीमुहाली गरेको पाईन्छ। मुनाफारहित तथा सेवामुखी भावना, सेवा तथा अनुभवमा केन्द्रित रही आफ्ना सेवा तथा सुविधाहरु, मुनाफा रहित जनहितकारी संस्था नि -शुल्क शिक्षा,स्वास्थ्य,सिप तथा राज्यमा मुनाफा रहित अस्पताल आजको आबस्यकता हो। गैरसरकारी तथा गैरराजनीतिक चरित्र, नेपाली राजनीति गैरव्यापारिक चरित्र हुनुपर्छ ।विवादित व्यक्तिहरू प्राथमिकतामा पर्नु हुदैन दलका अधिकाम्स नेता बिबादित छन्। जनताप्रति देखाउनेखालका सेवाभाव गर्छन। नि:स्वार्थपन हुनु पर्छ, छैनन् , उल्टो छ। सरकार बाहिर रही सरकारलाई उत्तरदायी र पारदर्शी तुल्याउने समूह बुद्दि जिबिपनि दलको भरण पोषणले जिम्वारी सो बिबेक प्रयोग गर्न सक्दैनन्। विचार तथा कुनै आस्थाबाट मुक्त, स्वयम्सेवी समूह; लोकतान्त्रिक चरित्र; नागरिकमैत्रि हुनु पर्छ। कुनै विषयवस्तु, घटना, चालचलन, सीप आदिलाई लिएर आफ्नै ज्ञान, विचार तथा अनुभवको,आधारमा स्वयम्सेवी समूह,लोकतान्त्रिक चरित्र,नागरिकमैत्रि तथा नागरिक हित केन्द्रित, सत्य, न्याय तथा जनहितको हिमायती, महत्वहरु राज्यका गतिविधिलाई नागरिक हित केन्द्रित तुल्याउन, असल नागरिक, कुशल समाजसेवी, सफल नेता–राजनेता हुने आकाँक्षा राख्दछ भने सर्वप्रथम उसले चरित्रको महत्व बुझ्नु पर्दछ ,विदेशेषु धनं विद्या, व्यसनेषु धनं मतिः। परलोके धनं धर्म, शीलं सर्वत्र वै धनम् ।। (परदेशमा धन भनेको ज्ञान हो, लतमा धन नै बुद्धि हो । परलोकमा धन नै धर्म हो, पुण्य नै सर्वत्र धन हो। आम नागरिकहरुमा सचेतना अभिवृद्धि गर्न,सरकारलाई निरंकुशताबाट बचाई प्रजातान्त्रिक तुल्याउन,सामाजिक न्याय प्रवर्द्धन गर्न सकिन्छ।
आक्रमण, अपहरण, बेपत्ता, थुनछेक, सशस्त्र बलहरुको परिचालन र लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउन सक्दैन भने के को सरकार हुन्छ । राष्ट्रिय महत्वका विषयहरुमा जनमत तयार तथा एकता कायम गर्न, नागरिक को कुरा सुन्नु पर्यो। सामाजिक विभेद,विकृती तथा भ्रष्टाचारको अन्त्य कसरि गर्न सकिन्छ। दवावमूलक कार्यक्रमहरु संचालन गर्न नागरिक समाज अगाडी निक्लिनु पर्छ। शासकीय संयन्त्रलाई जिम्मेवार तथा जवाफदेही तुल्याउन सक्नु पर्यो। इमान्दार बन्नु पर्ने समुह। आर्थिक समूह: नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स आदि।राजनैतिक समूह: निर्वाचन पर्यवेक्षण समूह, मानव अधिकार संघ आदि।शैक्षिक तथा सूचनामूलक समूह: नेपाल प्रज्ञा प्रतिष्ठान, प्रेस चौतारी आदि।धर्मिक तथा सांस्कृतिक समूह: विश्व हिन्दु महासंघ, विश्व बौद्ध महासंघ आदि।पेशागत समूह: चिकित्सक संघ, किसान संघ आदि। सामाजिक सेवा समूह: नेपाल रेडक्रस सोसाइटी, नेपाल परोपकार संघ , नागरिक समाज आदि
नागरिक समाज त्यो समाज हो, जसले राजनीति, आर्थिक, सामाजिक असमानता, लैंगिक विभेदताको साथै अन्याय र समाजमा रहेको विभिन्न हस्तक्षेपबाट देश बचाउन सक्ने शक्ति राख्छ। उत्कृष्ट चरित्र मानव-जीवन को कसौटी हो , धन, विद्या, कला, शक्ति आदि , मनुष्य को जीवनमा आफ्नो स्थान राख्छ , महत्व नै धार्मिक विचार ,ज्ञानको श्रोत भनेका धार्मिक गुरु, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन्।मानवशास्त्र भनेको सामाजिक संस्थाहरूको सम्बन्धमा धर्मको अध्ययन र धार्मिक विश्वास तथा विविध संस्कृति प्रचलनहरूको तुलना हो।धर्म भनेको केवल धार्मिक विचार र विश्वास मात्र होईन। धर्म भनेको धार्मिक भावनाहरु लाइ समेट्नु समेत हो। मान्छेको शक्ति र सामथ्र्यको सीमा, अज्ञानता र असचेतता, विचार–दृष्टिकोणको सीमाको गहिरो भूमिका छ ।धार्मिक विचार भएका व्यक्ति, समूह, संस्थाहरुको लक्ष्य एक हुनु पर्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend