काठमाडौं, असोज ७ गते । सिंहदरबार प्रवेशका लागि अब क्युआर कोडसहितको गेट पासको व्यवस्था गरिने भएको छ । गत असोज १ गते बसेको मुख्यसचिव डा। वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा क्युआर कोडसहितको गेट पासको व्यवस्था गर्ने निर्णय भएको हो ।
केन्द्रिय सचिवालय सिंहदरबारमा गेटपास व्यवस्थालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend