शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

महराका सहपाठी गिरी एमालेमा प्रवेश

महराका सहपाठी गिरी एमालेमा प्रवेश

काठमाडौं, असोज ७ गते । माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी एमालेमा प्रवेश गरेका छन्। शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेता गिरी एमाले प्रवेश गरेका हुन् ।

गिरी माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका सहपाठी हुन्। राजनीतिक जीवन पनि सँगसँगै सुरु गरेपनि महराले राजनीतिमा फड्को मारेर पटक–पटक मन्त्री र सभामुख पद पाउँदा पनि उनले माओवादीबाट कुनै पद नपाउँदा असन्तुष्ट बनेका थिए।

गिरीसँगै सानुमाया मगर पनि नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । उनीहरूलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend