काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग प्रत्यक्ष भेटघाट गर्ने अभियान सुरु गर्न थालेका छन । ज्ञानेन्द्रले जनतासँगको भेटघाट काठमाडौं उपत्यकाबाटै सुरु गर्न लागेका हुन्।
धार्मिक तीर्थस्थल तथा मठमन्दिर भ्रमणको नाममा उनले नागरिकसँग भेटघाट गर्न लागेका हुन्। सो अन्तरगत ७ असोजमा भक्तपुरमा पहिलो कार्यक्रम राखिएको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ। दिउँसो ३ बजे भक्तपुरमा जाने कार्यक्रम रहेको ज्ञानेन्द्रका संवाद सचिव फणीराज पाठकले जानकारी दिए।
सो अवसरमा भक्तपुरको तलेजु भवानीको दर्शन, भैरवनाथको दर्शन गर्ने पनि जनाइएको छ। पाठकले वक्तव्य निकालेर यसबारे जनाकारी दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend