सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लासमाथि माया र राजनीति

लासमाथि माया र राजनीति

बिष्णु प्रसाद शर्मा,

पूर्विय शास्त्र दर्शन पौरस्त्य संस्कार ओमकार परिवार, गौरवमय बीर सत्ता कुलधर्मको परम्पराले ओतप्रोत भएको पहिले हिन्दु अधिराज्य नेपाल त्यस भित्रको संस्कारलाई पालना गर्दै आएका विभिन्न जातजाती धर्म र भाषाभाषी नेपाली जनता बसोबास गर्दै आएको देशको नाम नेपाल, ऋषि महर्षी अष्टचरञ्जीवी, अष्टमातृका यो देशका धेरै कारणले संरक्षक भएको प्रमाण सबैले आफैले टुटाई रहेकै छन्। बाबुको अत्येष्टि नारायणगढको किनारामा भइरहँदा छालाका जुत्ता लगाई रहने नेपालको मुहार फेर्न तम्सिएको र पटक पटक त्यों पदमा पुगेर लाचार छायाँको जीवन यापन गर्दै गर्दा परिवारका महत्वपूर्ण सदस्य सेलाउन बाध्य भएको अवस्था, काजक्रिया गर्दै गर्दा सेतै लुगामा नाचेर विश्व हसाउने जनता र दिपको नाममा लामै समय अघि देखि भोजभतेर गर्दै वियरका बोतल नचाउने महिला, राष्ट्रको झण्डा जलाउदै र राष्ट्रिय जनावर गाई अनि कानूनले मार्न कुट्न नपाईने गोरु काटेर मासु खानेलाई संरक्षण दिने स्थानिय प्रशासन भएको देश भनेर चिनिदै गर्दा श्री पशुपतीनाथको मन्दिर वा देशै भर रहेका धेरै मठ मन्दिर नपुगी बिहानको आहार विहार नगर्ने जनताले भरिपूर्ण रहेको देशमा धर्मनिरपेक्षता गराई क्रिश्चियन धर्म फैल्याउन असंख्य लगानी गर्ने बैरी फिरंगी परचक्रीले चलाउदै आएको सरकार अनि तिनैको मातहतमा कार्यरत व्यवस्थापिका कार्यपालिका र न्यायपालिका भएको नेपाल विश्वभरको उच्चतम् नामले परिचित सगरमाथाको देश हो । जुन देशको पहिचान समाप्त पार्न मध्येरात्मा धर्म र राजसंस्था मास्ने निर्णय गराउन सफल दरवारको सल्लाहकारकै रूपमा रहेको कृपालुका अवसानमा फुलमाला ओढाउन पुग्दा धुच्चाई खाने सभासद् प्रति नै कठैबरा भन्ने मैनाली र राजा नभए देशै रहदैन भन्ने अर्का सासंद भण्डारी जस्ता बुझेका मानिसहरु पनि त कानूनी राजनीतिक क्षेत्रमा संघियता घाँडो हो भन्ने आफू मात्रै एक सभासद् हुने दल, एक जिल्लामा मात्रै पकड भएका र कहिल्यै पदग्रहण गर्न नमान्ने पनि सासंदहरूको पहिचान हुदै गर्दा लासमाथि माया र राजनीति गर्नेहरूको भिडलाई विदेशीले भरण पोषणमा असंख्यक लगानी गर्दै त्यस देशमा वर्चश्व कायम गराउन जिलो ज्यान दिएर लगानी गर्दछ भने त्यसको लगानी स्वतै डुब्ने छ र त्यसले त्यो लगानी उठाउनै सक्दैन । घरपरिवारमा कसैको देहवसान भयो भने सात दिन नाता कुटुम्वले पाल्नु पर्ने र आठौं दिन देखि घर परिवारले, दाजुभाईले किरिया . बस्नेहरुको हेरविचार गर्नु पर्ने चारवेद अठार पुरान र महाभारतका कथाले हामीलाई दीक्षित गराएएको छ र गरुण पुराणले तार्किक अर्थ नै बुझाएको छ । देवी देवतालाई आज सकिन भन्न सकिन्छ तर पितृ– लाई अरु केही नभए कुस जौं, तिल र पानीले मात्रै भए पनि धेरै खुशी पार्न सकिन्छ। केरामा तिल लगाएर पानीले मात्रै भए पनि धेरै खुशि पार्न सकिन्छ । देशका प्रधान मन्त्री कीर्तिनिधि विष्टले तेरो सेना हटा नत्र रगतको खोलो बगाई दिन्छु भनेपछि छिमेकीले अठार ठाउँबाट सेना हराएको थियो । अर्का देश भक्तले १६ महिना नाकाबन्दी हुँदा १३ महिना हेलिकोप्टरबाट तेस्रो देशवाट मट्तिेल ल्याएर जनता पालेका र उनको अवसानमा सेनाले सलामी नदिएर प्रहरी सलामी दिन आउँदा जनताले लखेटेका थिए । कोर्तिनीधि विष्टको देवसानमा त ११ जना मलामी पनि नपाउने देशमा गणतन्त्रको के को नाटक हो ? शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend