शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमाले र एकीकृत समाजवादीबीच कार्यगत एकताको कसरत सुरु

एमाले र एकीकृत समाजवादीबीच कार्यगत एकताको कसरत सुरु

काठमाडौं, असोज १ गते । कोशी प्रदेशमा नेकपा एमाले र सोही पार्टीबाट छुट्टिएको एकीकृत समाजवादीबीच कार्यगत एकताको कसरत सुरु भएको छ । वर्तमान मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि त्यहाँ ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन भएको छ । तर, उनले ३० दिनभित्र विश्वासको मत पाउने सम्भावना कम छ ।

सोही बेला कोशी प्रदेशमा एमाले र एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनिसकेका दुई नेताबीच भेटवार्ता भएको हो । दुई पूर्वमुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा वान टु वान भेटवार्ता भएको हो । उनीहरुबीच सत्तासहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले नेता शेरधनले एकीकृत समाजवादीका नेता राजेन्द्रलाई सरकार सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् । अस्थिर सरकार भएका कारण प्रदेशमाथि नै प्रश्न उठेको भन्दै उनले त्यसको जवाफका लागि पनि दुई पार्टीबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शेरधनले आलोपालो सरकारको प्रस्ताव गरेको र आफूले सकारात्मक रहेको जवाफ दिएको राजेन्द्रले बताएक छन् । साथीहरूसँग छलफल गरेर यसबारे निर्णय दिने राजेन्द्रको भनाइ छ । फरकधारबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend