सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीयताको अवधारणा, संघीयता संरचनाको फाइदा तथा बेफाइदा

संघीयताको अवधारणा, संघीयता संरचनाको फाइदा तथा बेफाइदा

शंकर लाल श्रेष्ठ,

संघीयताः एउटा राज्यमा दुई वा दुई भन्दा बढी तहका सरकार रहने राजनीतिक प्रणालीलाई संघीय शासन प्रणाली भनिन्छ। नेपालको संघीयतालाई नियाल्दा राष्ट्र बलियो बनाउन भने संघीयताको आवश्यक हुन्छ तर राप्रपा र जनमोर्चा ले भने जस्तो संघीयतालाई जसरी व्याख्या विश्लेषण र सैद्धान्तिक मार्ग दर्शन गरेपनि संघीयताको नाम सुन्ने वित्तिकै नेपाली जनता तर्सन थालेका छन् । संघीयताको अवधारणा, संधीय संरचनाको फाइदा तथा बेफाइदा र राज्य पुनर्संरचनाको आधार , संघीयताको बेफाइदा संघीयता आफैँमा हानिकारक होइन तर यसको प्रयोगमा कमजोरी भए यसले नोक्सान पनि हुन् सक्छ। रास्ट्रिय प्रजातन्त्र पार्टीले संघियताको वर खिलाफ गर्न छोडेका छैनन्। किनकी यस्ता व्यवस्थाले देश विकाश हुनको साटो नेता बिकाश भई रहेको छन् । भ्रष्टाचार दिनानु दिन अघि बढी रहेकोछ । जनता दिन प्रती दिन दुखी र गरिव हुदै छन्। विकाशको नाममा पार्टीहरुले दिएको नारामा सिमित छ , पार्टीका झोलेहरु रमाई रहेका छन्। विकासका योजनामा ठेकेदार बन्न पाउने भएर केन्द्रीय तह देखि गाउँ सम्म झोले नेताहरूका लागि आर्थिक लाभ गर्ने अवसर पाउँछन, इनिहरु खुसि हुनु स्वभाविक नै हो। फेरी चुनावमा जनतालाई खुसि पार्न पनि सबै तहका नेता गक्ष अनुशार भष्ट्राचार गर्न प्रोसाहित गर्छन , र जनता जर्नादन सम्म पुग्छन, राज्यका इकाइहरु वीच अधिकार वांडफाड सहित अवलम्वन गरिएको पद्धति सुरुवात् अबस्थामा छ , भ्रष्टाचार विरुद्ध जनता छैनन् किन रु जनताले भोली आफ्नै खुट्टामा वनचरो हानेको थाहा पाउँदैनन्। जनता पनि त दोषी हुन । संघीयता माथी खेलवाड गर्ने लाई तह लगाउन नसक्नु के हामी दोषी छैनौ हामीमा ठूला देशको बीचमा हुनुका फाइदा÷बेफाइदा छन् । अब हामी भूपरिवेष्टित देशको सीमित घेराबाट होइन, दुनियाँका ठूला आर्थिक खेलाडी भइसकेका देशको रुपमा चिनिनु पर्छ।
समाजवाट र साम्यवादको दर्शन सिद्धान्तक आधारमा खुलेका पार्टी संगठनका पसलहरु यहा धेरै छन् । माक्सवाद, लेलिनवाद, माओवादका दार्षनिक सिद्धान्तलाई तोडमोड गरेर नयाँ(नयाँ संगठनको निर्माण भई रहेका छन् भने प्रजातन्त्रका व्याख्या गरेर खुलेका पार्टीको पनि प्रसस्त छ।नयाँ होइन, भद्रगोल नेपाल बनाए, माक्सवाद, लेलिनवाद, माओवाद, जनताको बहुदलीय जनवाद, समाजवाद, पुँजीवाद, जनवाद, बीपीवाद सबैले समाजवादको नारामा पार्टीका नीति र सिद्धान्त बनाएकाछन्। यहा जनतालाई कुन र कस्ता प्रकारका समाजवादले न्याय दिन्छ त ? कुनै पनि पार्टीका समाजवादले न्याय दिन सकेको छैन । समाजवाद त्यो हो जनताले शिक्षा र स्वास्थ्य, विकाश निर्माणमा निशुल्क पाउन सकेनऩ भुटान र स्विटजरलैण्ड जस्ता साना मुलुकले पनि स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण कुरामा निशुल्क व्यवस्था गरेको पाइन्छ। के नेपालमा सम्भब थिएन र रु कारण स्विजरलैण्डका संघीय प्रदेशका सबै तहका नेताले काम गरेका दिनमात्र भत्ता लिन्छन । ती नेताहरूमा आफ्नो छुट्टै व्यवस्था पनि गरेका हुन्छ्न् । गरिब राष्ट्रमा धनि नेता छन् नेपालमा , हेर्नुस् त गरिब राष्ट्रमा धनि नेता भएको ,विलासिताले भरेको जिवन जिएको के यहि हो र गणतंत्र,लोकतंत्र अनि प्रजातांत्रिक अभ्यास रुरु दलका नेता -कार्यकर्ताले हासिल गरेका अविश्वसनिय आर्थिक उन्नती र सँगसँगै राष्ट्रमा मोउलाएको भ्रस्टचार, दण्डहिनता लुकेको छैन।
हाम्रो नेपालमा केन्द्रीय तह देखि गाउँ तह एक भत्ता मात्र होइन तलब र भत्ता नै लिन्छन् । बजेटको धेरै हिस्सा तलव भत्तामा खर्च हुन्छ। यसले गर्दा विकाश वजेट कम हुन्छ ।
नेपालका कर्मचारी नेता मुखी हुन्छन् । विकसित देशका कर्मचारी जनतामुखी हुन्छन्। नेतामुखी कर्मचारीले नेतालाई खुसी पारेर आफ्नो र नेताको विकास गर्छन । विकसित रास्ट्रका कर्मचारीले जनतालाई खुसी पार्छन् । जसले गर्दा देश विकाश हुन्छ । उनीहरु जनतालाई भगवान भन्छन् । छिटो र छरीतो रूपमा जनताका काम गर्छन । नेपालका कर्मचारी कहाँ र कताबाट लाभ प्राप्त गर्न सकिन्छ भनेर तल्लीन हुन्छन् विकाश, बजेट र समाजवाट स्वाहा पार्छन। क्रमश

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend