शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पाल्पामा बस दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर

पाल्पामा बस दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर

खबरब्रेकिंग, काठमाडौँ, भदौ २९ गते । काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका ४ स्थित बारुदखानमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते २१ जनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend