सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली भूमि अमेरिकी र पश्चिमाहरुको कीड़ा स्थल बन्ने खतरा

नेपाली भूमि अमेरिकी र पश्चिमाहरुको कीड़ा स्थल बन्ने खतरा

बिष्णु प्रसाद शर्मा,
वि.सं. ११ वैशाख २०६३ मा सात दलसँग सम्झौता हुँदा बुँदा बुँदा छलफल मात्र भएको थिएन । ह्स्व दीर्घ समेत मिलाईएको थियो । जब उन्नाईस दिनको आन्दोलनले पनि राजालाई गलाउन नसकिएको इण्डियन पात्रको कुविचार थियो । त्यो कुविचारलाई पश्चिमाहरुले पूर्ण समर्थन गरेका थिए भने राजाका नातेदार सोनिया गान्धीका भरपर्दा इण्डियन काँग्रेसका नेता डा. करण सिंह जो त्यो कु पात्र सावित भएर इण्डियामै बसि राखेका छन्, जिउदै छन् । बिस २९ जेठ २०६५ मा ज्ञानेन्द्र वीरविक्रम शाहबाट नारायणहिटी राजदरवार छोडी नागार्जुन सवारी होइबक्सेको र साथमा धर्मपत्नी कोमललाई साथैमा लिएर साँझको समयमा सवारी होइबक्सेको इतिहास नेपालीहरुको मनमष्तिकवाट हटिसकेको छैन । नेपालको संविधान २०४७ अनुरूप निर्वाचनमै चुनिएका सभासदहरु संसद भंग भई बेहाल अवस्थामा रहेको थियो भने राजावाट गैर सांसदहरूबाट गठन गरिएको मन्त्री मण्डल कायम रहेको थियो। इण्डियन डिजाइनमा तयार भएको १२ बँुदे सम्झौताले सुरु गरेको आन्दोलन, फिका र अर्थहीन अवस्थामै थियो। राजालाई गलाउन र इण्डियन सामर्थले पनि भ्याइरहेको थिएन। आन्दोलन तयार गर्न काँग्रेसले गणेशमानको निवास रहेको चाक्सीवारीमा चन्द्रशेखरलाई बोलाएर राजाको विरोधमा बोल्न लगाएको थियो भने एमालेले खुल्लामञ्चमा सिताराम एचुरीलाई बकाएको थियो । ज्ञानेन्द्र शाहले पाँच बँुदे सहमति ७ दल संग गरिबक्स्यो र मरिसकेको संसदलाई व्युत्याई बक्सियो । यो नै गलत सावित हुन पुग्यो । अरुले बोकेको सात दल र अरुले तयार गरेको आतंकारी जत्थाले आन्दोलन गरि राखेको अवस्थामा उनिहरुको विश्वास गरेर राजसंस्था, हिन्दु अधिराज्य स्वीकार्ने, देखावटी सम्झौतालाई सात दलमा एक थपिएर आठ हुने वित्तिकै उनीहरु आतंक, हत्या र लुटकै समकक्ष सावित भएर आफ्नो औकात देखाउन पुगेका थिए। हामी शासन सत्तामा पुगेका छौ, भोली जनताको मन जितेर सत्ता संचालन गर्न पर्दछ भन्ने उनीहरुको सम्झनामा रहेन र घमण्डको शिखरमा पुगे । मपाइत्वको बल त दरो भयो । दिमाग, वुद्धि र विवेकको भाँडोमा अपराधले छोपिएकै कारण बिना निर्वाचन बाटै इण्डियन हलिहरुलाई सभासद् बनाइयो । तर २०४७ संविधानमा टेकेर सबै काम गरिने छ भन्ने शब्द मपाइत्वले खरानी नै बनाइदियो । १९ दिने आन्दोलन नाम दिइएको जंगली व्यवहारले सडक घेरिएता पनि राजालाई गलाउन सकिएको थिएन। जसले जे सुकै भने पनि साम्सद नभएकाले सत्तामा पुग्न दलहरुलाई कठिन थियो । सिधै सत्ता कव्जा गर्न सकिन्छ भन्ने गलत मानसिकता बोकेका झुण्डहरु गलि थाकिसकेको हुँदा उनीहरुको कुटील –चालमा फस्नु मनासिव थिएन र राजालाई ठूलो धोका पन्यो । ४७ को संविधान अनुरूप फटाहा गिरिजालाई प्रधानमन्त्रीको पदभार सुम्पन झनै आपति थियो। इण्डियाले खाजेको अर्को भूमिकाको ढोका खुल्न पुग्यो । मरेको सम्सद ब्युँत्याउनु, गिरिजालाई प्रधानमन्त्रीको पदभार ग्रहण गराउन राजाको आवश्यकता पर्रयो भने २०४७ सालको संविधानलाई विस्था पित गराउन राजाको आवश्यकता किन परेन ? मध्ये रातको ११.२२ बजेको समय भनेको सारा देशवासी जनताहरू सुति सकेको समय किन रोजियो ? इण्डियाले नेपाली सेनाको डर छ भनि रहदा सबै मिलाई सकेको छु भन्नु के हो ? जनताले ४७ को संविधान कता ? भनेर अब किन नखोज्ने ? सेना, अदालत, निजामती र प्रहरीले किन राजालाई साथ नदिने ? यो गम्भिर प्रश्न छ भने चीन, भारत र पाकिस्तानले किन समर्थन नगर्ने ? नेपालमा अमेरिकी सेना प्रवेश गरि सकेका छन । अब नेपाली भूमि अमेरिकी र पश्चिमाहरुको कीड़ा स्थल बन्ने खतरा देखिएको छ । सारा नेपालीहरुको पीडा बोधलाई सहयोग गरौं । आज नेपाली जनता झन पछि झन गरिव बन्दै छन । देशको मुहार फेर्ने कसम खाएका दल र तिनका नेताहरुकै मुहार फेरिएको छ । जनताको अबस्था हिजो भन्दा आज झन झन नाजुक बन्दै गएको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend