शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

समाजवादी मोर्चाले आज हेटौँडामा ‘सन्देश सभा’ गर्दै, यी शीर्ष नेताहरुले गर्दै छन सम्बोधन

समाजवादी मोर्चाले आज हेटौँडामा ‘सन्देश सभा’ गर्दै, यी शीर्ष नेताहरुले गर्दै छन सम्बोधन

हेटौँडा, भदौ २४ गते । हेटौँडामा आज समाजवादी मोर्चाले सन्देश सभा आयोजना गर्ने भएको छ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णय छ । आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिइन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मोर्चाले सन्देश सभा आयोजना गर्ने समेत भुसालले जानकारी दिइन् ।

सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने उनको भनाइ छ । उनका अनुसार सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend