भक्त के सी,
भ्रष्टाचार विरुद्ध लड्न , प्रत्येक र हरेक नागरिक सचेत हुनु पर्छ , र हरेक दलमा राम्रा नराम्रा मान्छे छन् ,राम्रा मान्छे थोरै होलान नेपालमा , यसै पनि सम्पूर्ण रुपमा राम्रा मान्छेको लोप हुदै गएको देखिन्छ। हरेक दलमा वृद्धावस्थासम्म युवापुस्तालाई जिम्मेवारी नदिने कार्यशैलीप्रति युवाको आक्रोश छ। यसपालि केही राम्रा मानिसले हारेका छन्, केही खराबले जितेका छन्। तर मूल रूपमा हरेक पार्टीबाट छानीछानी मतदाताले धेरै नराम्रा हराउनै पर्ने थियो। हरेक सिद्धान्त गलत मान्छेको हातमा परेकाले समस्या सृजना हुने गरेको छ ।समाजमा घट्ने राम्रा र नराम्रा कामलाई हामीले नियालेर हेरौँ त कति उचित छन्, कति अनुचित। अध्ययन नै गरेर त्यसको व्याख्या गरौँ त नेपालको कुन दसा हुने हो ? आजको बिग्रेको अबस्था हेर्दा त बिग्रेको भन्दा पनि पुराना दलमा पनि राम्रा मान्छे धेरै छन् ।हरेक दलमा निरन्तर अनुसन्धान गर्ने संयन्त्र चाहिन्छ।त्यसैगरी शिक्षा र संस्कृतिका विषयमा भएका राम्रा–नराम्रा खराब मनोवृत्ति लाई निषेध गर्न नसक्नाले हरेक दिन जसो यस्ता अप्रिय घटनाहरू घटिरहेका छन् कि कहाली लाग्दो बन्दै छ नेपाल ।कहानेर कमजोरी भएको हो सबै पार्टीका युवा पुस्ताले मिलेर खोज्नु पर्ने हो। अब हरेक वडाको अलग अलग रुपमै काम नराम्रा मात्र भएका छैनन राम्रा काम पनि भएका छन तर बर्षौ देखि हालीमुहाली गरि सार्बजनिक सम्पति हत्याउने देखि दैनिक कार्यमा पनि घुसखोरी भइनै रहेको नागरिक को भनाइ छ। पैसा न दि काम हुदैन भन्ने गर्छन। नगरपालिका मेयरको ध्यान विकास निर्माणमा छ , सभासद् मन्त्रि विभिन्न अपराधमा पनि मुछिएका छन् देश बनाउछु भन्ने घोषणापत्र धोति लगाई दिए , यो कस्तो लाग्छ ? समाजका हरेक क्षेत्रमा राम्रा–नराम्रा मान्छे हुन्छन् नै ।कहावत छ अति गर्नु , अत्याचार नगर्नु भनेर , नराम्रो कार्यमा हरेक विद्यालयको हरेक गतिविधिमा शिक्षक संलग्न रहिरहन्छन् ।अर्थमन्त्रालय देखि गृयमन्त्रालय सम्म पुग्दा डरलाग्दो अवस्था देखिन्छ , कर्मचारी देखि कार्य कर्ता नेता देखि नेताका परिवारजन ठुल – ठुला काण्डमा मुछिएका देख्दा सपरिवार नै कुनै पनि खराब गतिविधि गर्न डराउँदैन , थाहा गर्नका लागि हरेक खण्डलाई केही पटक – पटक पढ्नुहोस् , दैनिक समाचार अपडेट हेर्नुहोस वा सुन्नुहोस। बानिपरेका नेताले आफूमात्र नभएर परिवार , नाता गोता , सबैलाई दुस्कर्म गर्न अभ्यस्त बनाइँ सकेको देखिन्छ।
संसद् सचिवालयका बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी कुनै छलफल छैन , संसद बैठकमा देश निर्माण का लागि कुनै एजेन्डा छैन , गहन छलफल हुदैन सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची रहेकोमा झगडा जस्तो देखिन्छ , त -त मै – मै मा समय सकिन्छ। समाजमा हुने हरेक अपराधको विषयमा सुक्ष्म विश्लेषण आवश्यक छ, हाम्रो ठाउँमा नेपालमा नराम्रा मान्छे बडी भएर बिकास नभएको हो , राम्रा मान्छे योझेल्मा परेका छन्। सबै जस्तो दलमा कतिपय राम्रा मान्छे रहेको बेला बखत बताए पनि उनीहरूको विचार अगाडि ल्याउन सकेको छैन सिंगो पार्टी नै गलत बाटो हिड्न रुचाउने हुदा योजना खाल्टोमा पुरेको छन्। हरेक दलभित्र प्रत्यक्ष एवं अप्रत्यक्ष ठूलो भ्रष्टाचारको हेरफेर र नकारात्मक मनोवृत्तिमा धकेल्दै लगेको छ। हरेक व्यक्ति, संस्था, समाज तथा संगठनको एउटा परिकल्पना हुन्छ । त्यो परिकल्पना सकारात्मक र यसका राम्रा नराम्रा धेरै पक्ष छन् राम्रो को बाटो लिनु पर्नेमा उल्टै भएको छ ।केही राम्रा भनिएका, दिग्गजहरु, समाजलाई पढेका, जानेका, ब्यक्ति यस्ता तमाम अवतारहरु हरेक राजनैतिक दलमा देखिन्छन् । स्वार्थको लागि मात्र काम गर्र्ने हुदा बिकासमा खासै फरक परेको छैन, उद्योगी/व्यवसायीले हरेक वर्ष राजनीतिक दललाई दिएको चन्दाको हिसाब गर्ने हो भने राष्ट्र निर्माणको लागि प्रदेश को बजेट भन्दा धेरै हुन्छ। हरेक पार्टीको युवा पुस्ताले पर्यो भने पार्टी नै फुटाउनुपर्छ । पार्टी भन्दा देश ठुलो हो देश लाई माथि राख्नु पर्छ , अहिले सत्तासिन दलमा नै द्वन्द देखिएकाले पनि जनतामा शंका उत्पन्न भएको छ ।कति पतनोन्मुख दिशामा छन् र कति पतित भइसके, कति अर्को दलमा गएका छन् ।मैले देख्दा ती राजनीतिक मान्छे थिएनन् ,समाजमा देखिएका विविध विकृतिकै परिणाम हो राजनीतिक दलमा देखिएका विकृति समाजका हरेक गतिविधि एउटा सञ्जालमा जोडिएका छन्।नेपालमा अधिक नागरिक नै पार्टी/दलसँग आबद्ध छन्। दलमा लागेका मतदाताले दलभन्दा बाहिर गएर मतदान गर्दैनन्। उनीहरूले भ्रष्टाचारलाई समर्थन गरिरहेका छन्, उदण्ड मानसिकता भएका व्यक्तिलाई प्रतिबन्ध लगाउनुको साटो व्यक्तिगत फाइदाका लागि समर्थन गरिछ , नैतिकतानै सकिएको भान हुन्छ। नेपाली नागरिक नराम्रा कामका प्रत्यक्ष भागिदार छौ। संबिधान को , संविधानसभाको सम्बन्धमा लामो समयदेखि वहसहरु चलिरहेका छन् तर कठोर संविधान र नरम संविधानका राम्रा र नराम्रा पक्षहरु के हुन् ?कोसैले छुट्याउने प्रयास्नै गर्दैनन्। विकास निर्माण ठप्पै छ। सबै दलमा विभाजनको जोखिम बढ्यो ।न्याय क्षेत्रमा कस्ता मान्छे छन्, उनीहरूले बहस कस्तो गर्छन् भन्ने नागरिक ले ध्यान दिदैनन , बास्तबमा दलका संरचना हराएकाले राम्रा कुरा सिक्न पाएनन् र नराम्रो कुरा हटाउन पनि जोड बल भएँन तेसैको नतिजा हो यो आजको अबस्था , जुन जनमत उनीहरुले पाएका छन् त्यो जनमत पाउनुमा राम्रो भएन नेपाल राष्ट्रका लागि , काङ्ग्रेस पार्टीमा पक्ष-विपक्षको अवस्था खडा गरेर केहीले आफ्नो राजनीतिक हैसियत स्थापित गर्न चाहिरहेका छन् ।नेपालका कठिन राजनीति गोरेटा फराकिला हुन खोजेका छन्।पढेलेखेका मान्छे किन देख्दैनन् पार्टी पंग्तिमा ,भविष्य राजनीतिमा छैन भन्ने जग जाहेर नै छ। १७ हजार मान्छे को बलि चडाएर अग्र पंतिमा आएकोले झन् तस्करीलाई सम्रक्ष्यण दिएको पाईयो। भन्छन वकिलबाट राजनीतिमा आएका मान्छे खराब छन्।सामाजिक न्यायको कुरा गर्छन , तर शिक्षा, स्वास्थ्य, सुरक्षा, हरेक पहल र कार्यहरू दाउ पेच मा चलायमान छ। उनका हरेक क्रियाकलाप सत्यमा आधारित र जनकल्याणले ओतप्रोत भयको हुनु पर्ने हो। नकारात्मक बाटो देखाउँदै नेतालाई खुश बनाउने गर्छन।
सचेत नागरिक आउनुहोस् थाहा पाउनुहोस नेपाली नागरिकले अब मानव अधिकार , हाम्रो अधिकार,आ – आफ़्नो अधिकार को लागि लड्नुहोस्,बहस गर्नुहोस् भ्रष्टाचार, तस्करी, हेराफेरी र धोकाघडी विरुद्ध एकजुट होऔं, बिरोध गरौ। नागरिक समाज जागौ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend