बिष्णु प्रसाद शर्मा,
काठमाडौं, उत्तरि भेगमा विजुलीका अग्ला खम्बाहरू ठड्याउने प्रयास ३,४ वर्ष अघिदेखि नै सुरु गरिएको छ । प्रोजेक्टका नाममा विद्ययुत प्राधिकरणका कार्मचारी र सव स्टेशन प्रसारणको काममा करार सेवामा धेरै कर्मचारीहरू नियुक्त गर्ने तलब भत्ता देखाउने र निकासा गराउने धेरै फराकिलो अन्तरताले विचौलियाहरू सुविधा जनक रूपले पालिदा जिल्ला प्रशासन कार्यालयकै हलमा बसी स्थानिय जनताहरूको सहभागिता नै नगराई १, २ जना नेता भनौदाहरुले दिएको खुराकको भरमा प्रशारण लाइन राख्ने योजना तयार गरिएको हुँदा जनताले पाउन पर्ने जग्गाको क्षती पूर्तिमा धेरै विवाद देखिएको छ । लमजुङ्ग जिल्लाको खुदी भुल्भुले लगायतका धेरै स्थानहरुमा यो अबस्था प्रष्टसंग देखिएको छ भने लप्सीफेदी काठमाडौमा यस्तै अवस्था रहेको छ।
एम सि सि का मस्यौदाकार विद्युत प्राधिकरणका उच्च पदस्थ व्यक्ति रहेका थिए। उनले कतिपय ठाउँमा आफै पुगेर स्थानिय जनतालाई धम्क्याउने, करारमा नियुक्ति भएका प्रोजेक्टका कर्मचारीहरुको जागिर उच्च पदस्थ अवधि समाप्त नै नभई हराउने जस्ता कामहरू गरेको सम्बंधित जिल्लाका जसको जग्गा परेका छन् ती जनताहरूले टिपाउनु भएको छ र यो प्रशारण लाईनको वाहना मात्रै हो र उत्तरी सिमानासम्म बैरी फिरंगी परचक्रीहरू पुग्ने उपयुक्त बाटो बनेको छ। लमजुङ्ग गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र चरीकोटवाट चीनको स्वशासित क्षेत्र तिब्बत् पुग्न उनिहरुलाई अत्यन्तै सुविधाजनक छ र नेपालको दलियताले यो सुविधा दिएको बुझाई प्रष्ट देखिन्छ । एक कार्यकाल सकिएर बाहिरिएका मस्यौदाकारलाई पुनः त्यही पदमा नियुक्त गराउनु पनि बैरी फिरंगी परचक्रीहरूकै चाहना मुताविकको काम थियो ।
तर केही नेपाली जनताले नबुझि ठूलै समर्थन जनाएका हुन । कतिपय कुराहरुमा राजनीतिकरण गरिएका हुन्छन् । देश र जनता प्रति उत्तर दायी बोध नभएका कमाउनिष्ट र इण्डियन हलिको एक हितैषी मानिने काग्रेस र सहयोगी राप्रपा समेतले यो विषयलाई केलाएका छैनन् । नेपाल देशको धमिराको रूपमा चिनिएको कांग्रेसले आतंककारी पालन पोषणबाट नेपालको अस्तित्व मेटाउने काममा ठूलो भूमिका खेलेको छ र अरु सबै दलहरु सहयात्रामा लागि परेका छन् भनेर बुकेका नेपालीलाई झुक्याउन सकिदैन । तर त्यस्ता बुझनेहरुको संख्या थोरै हुनु र नबुझि दौडिने जनताले एम सि. सी. नेपाली जनताको लागि घाटीमा पासो सावित भएर त्यही पासोले ज्यान गुमाउनु पर्दछ। जसरी जापानका जनताले हिरोशिमामा गुमाएका थिए। दलियताले नेपाल र जनताको अवस्था कास्तो बनाइ सकेको छ । नेपाली जनताले बुझि सकेका छन ।
सोझा सिधा जनतालाई अल्मलाएर दलियता टिकाउने काम मात्र भएको छ । अरु केही भएको छैन । धेरै लामो समय लगाएर सफल भएको योजना लागु गराउन नेपाली सेनाको पनि नबुझेर वा लालचमा हो सहयोग छ । नबुझेर त होइन, युएनले सेनाको माथिल्लो तह चलाएको लामै समय भइसकेको अबस्था छ । हेरौं, नेपाली जनतालाई देशको कत्तिको माया रहेछ र बीर गोरखालीको पहिचान कसरी बचाएर राख्दा रहेछन ? देश भन्दा ठूलो अरु हुन सक्दैन । देश छ र त हामी छौं । देश भक्त शक्तिहरु मिलेर देश बचाउनु पर्छ । बिदेशीहरुको इसरामा नाच्नेहरुले देश बचाउन सक्दैनन् । देशभक्त नेपाली जनतालाई मुटु जस्तै माया हुन्छ देशको । आज देशको अबस्था अत्यन्तै नाजुक अबस्थामा पुगेको छ यस्को जिम्मेवार दलहरुले लिनु पर्छ । यस्तै अबस्था लम्विदै जाने हो भने देश टांट पल्टिने निश्चित छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend