सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जापानी जनताहरु मेहनती, बहादुर, पराक्रमी र शाहसी भएकाले त्यो असरलाई छिट्टै पन्छाउन सफल भए

जापानी जनताहरु मेहनती, बहादुर, पराक्रमी र शाहसी भएकाले त्यो असरलाई छिट्टै पन्छाउन सफल भए

इतिहासका कुरा,

बिष्णु प्रसाद शर्मा,

खबरब्रेकिंग,काठमाडौं,भदौ २१ गते ।नेपालको गौरबमय इतिहास‌लाई समाप्त गर्न सके दक्षिण यसीयामा ठूलो पकड जमाउन सकिने अठोट बैरिफिरंगी परचक्रीहरूको आजको मात्रै थिएना । उनीहरूले राष्‌ट्रनायक पृथ्वीनारायण शाह जन्मनु भन्दा अघि देखि ब्यापारको नाममा खाली लोटा बोकेर भारत प्रवेश गरेर समयको कालचक्रमै भारतलाई पूर्ण कव्जामा पारि इष्ट इण्डिया कम्पनी खडा गर्दा समेत भारतको सबै स्थानलाई कव्जा गर्न नसक्नु, हिन्दुत्वले उच्च शिखरमा थामेको देव भूमि, तपोभूमि नेपाललाई हल्लाउन नसकेको र अष्ट चित्रन्थि, अष्ट मातृका, त्यत्तिस कोटी देवी देवताको संरक्षणमा रहेको नेपाल भूमिबाट असफल भै पछाडी हट्नु पर्ने अवस्थामा पुगेकै विधर्मि गोरा आफैमा असफल सावित बनेको थियो। ६ अगस्त १९४५ मा अमेरिकी मुलुकको नियम मुताबिक टुम्यानले राष्ट्रपतिको पदभार सम्हालेका चार महिना नवित्दै जापानको हिरोसिम्मामा पहिलोपटक परमाणु बम प्रहार गराएका थिए। त्यो परमाणु बम पडकिएको प्रभावले जापान देशको धेरै ठूलो नोक्सान हुन गयो । टिनिअन, एयरबेस, अमेरिकी प्रतिभाको प्रतीक मानिएको थियो । लिटिल ब्वाय त्यो परमाणु बमको नाम रहेको र मेजर , जर्नल कर्टिस लिये, एनोलागे बमवर्षा विमानको नाम थियो। जापानी शासकहरूको करतुत, गैरजिम्वार जे जसो भएतापनि हिरोसिमामा बस्ने मात्रै नभएर जापान भरका जनता त निर्दोष थिए । जे सुकै होस्, त्यस प्रकारको आतंक गर्नु माहा अवराध हो। नेपालमा १० वर्ष जनआन्दोलनका नाममा इण्डियाले जघन्य अपराधको काम र प्रजातन्त्रको नाममा आफैले उत्पादन गरेका दलका झुण्डहरुलाई उचालेर १४ महिना नाकाबन्दी गराएको थियो । जुन माओवादी आतंकका उच्च पदस्थ नेपाली नागरिक र इण्डियन सरकारका राशन कार्ड होल्डर नै थिए। हाल सम्म पनि नेपालको उच्च पदमा नियुक्ति र वरखास्तको व्यवस्था इण्डियन रअ ले गरि राखेको छ र कुत्तेका चाहारा नामक शिर्षकमा रकमान्तर गराउँदै छ भने पश्चिमा बैरी फिरंगीहरुको जमातले एम सि सीको नामले नेपालमा सैनिकीकरण गर्ने उत्तरी सिमानाहरूको अग्ला डाँडाहरुमा प्रोजेक्टको बहानामा प्रवेश गर्ने र महत्वपूर्ण नेपाली भूमिको जिनिसहरु हात लगाउने कार्यमा व्यस्त छ र अनुकूलतामा नेपाली जनतालाई परमाणु बमले स्वहा बनाएर देश कब्जामा पार्ने योजना उसको रहेको छ । जापानी जनताहरु मेहनती बहादुर, पराक्रमी र शाहसी भएकाले त्यो असरलाई छिट्टै पन्छाउन सफल भए र अपराधीलाई क्षमा दिन सफल भए । नेपाली जनता डिभी का नाममा त्यही अपराधीका मुलुकमा भेडा, बाख्रा चराएर बहादुरी देखाई रहेका छन्। नेपाललाई सलक्कै निलिसकेको छ। विश्वले बुझेको साम्राज्यवादको जड़ता सन् १९४५ अगस्त ६ के नेपालीहरूले बेहोर्न नपर्ला ३ जापानी जनताको जस्तो साहासी पन नेपालीहरूमा होला ? र नेपाल पुनः नेपालै रहला, होला ? कदपी यो सम्भव छैन। गलत राजनीतिले थोपरेको भार नेपाली जनताले सामना गर्न पर्ने छ र हाम्रा सन्ततिले हामीलाई धिकार्ने छन, यो हामीले जानी जानी पचाएको जघन्य अपराध हो र सजाय हामी पछिकाहरुले भोग्नु पर्ने छ । नेपालको हिमालयहरुको हिंउ पंग्लिने छ । इण्डियाको उत्पादनशिल गहराहरूमा पानी नभएर चिरा चिरा पर्ने छ । कावेली नदी सदाका लागी सुक्ने छ । शर्मा, नेपाल संरक्षण अभियानका संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend