खबरब्रेकिंग,काठमाडौं,भदौ २१ गते । । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले पुष्टि गरिन्। रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् ।रिजालको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने जानकारी प्राप्त भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend