शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

खबरब्रेकिंग, काठमाडौं भदौ १७ गते । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल सडकै खसेको थियो ।

दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि लामोसाँघु, ठूलोपाखर र बाह्रबिसेबाट प्रहरी टोली उद्धारमा खटिएका थिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएकोमा उत्तम महर्जन र बलबहादुर खत्रीलाई डाक्टरहरुले आज बिहान सवा पाँच बजेतिर मृत घोषणा गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend