खबरब्रेकिंग,काठमाडौं भदौ १६ गते ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशमा विवाद गराएको भन्ने प्रचार गराएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका छन । उनले आफू र विष्णु पौडेलका बीचमा विभाजनको हल्लालाई अधिवेशनले मिथ्या सावित गराउन प्रतिनिधिहरूलाई आग्रह गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकताबद्ध रहेको उनले दाबी गरे । एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले माओवादीमा पहिरो जान जरुरी रहेको बताए । केही दिनअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमा पहिरो जान लागेको भन्दै गरेको टिप्पणीप्रति टिप्पणी गर्दै पोखरेलले यस्तो भनेका हुन् । उनले भने, ‘पहिरो एमालेमा होइन पहिरो माओवादीमा जान जरुरी छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend