बिष्णु प्रसाद शर्मा,
इण्डो पश्चिमाहरुले इण्डियाले लगाएको गलपासोको हतियार प्रयोग गर्दै नेपाल र नेपालीहरुको घाँटी निमोठि सकेको छ । सन् १९४७ मा इण्डिया ब्रिटिस साम्राज्यवादको पंजावाट स्वतन्त्र भएको हो । यो कुरा इतिहासवाट प्रष्ट हुन्छ । नेपालले उसलाई स्वतन्त्र रहोस् भनेर अनेकन प्रयासहरु गरेकै थियो ।
नेपाल र अंग्रेजहरु लडाई भएको थियो । इण्डियाले नेपाललाई कुनै पनि साथ सहयोग दिएन । त्यो लडाईमा हार खानु परे पछि सन् १८१६ मा इष्ट इण्डिया कम्पनि र नेपालबीच सुगौली सन्धि गर्न पर्यो । सन् १९६१ मा नेपाल र चीन बीच सीमा सम्झौता भएको थियो । तर तिव्वत र नेपालका बीचमा पनि थापाथली सन्धि भएको थियो । बि.स. २ माघ १९९० सालमा ८.३ रेक्टरको भूकम्प भयो । त्यो भूकम्पवाट धेरै क्षति पुगेकाले नेपाललाई कठिनताको ठूलो सामना गर्नु परेको थियो ।
इण्डियाले नेपालका आलाकाँचा युवाहरुलाई उक्साउदै लेख्ने पढने बेलामा आधी राजनीति शिक्षा दिएर भरनपोषण गराउँदै मुठिभित्र नचाउन थाल्यो । राणाहरुले भाइभारदारहरु रोलक्रमको पासो थापेर आफै माथि तोप तेर्साएपछि सुवर्ण शमशेर भारत पलायन भएर उतैवाट राजनीतिक पाठ त सिक्न थाले तर इष्ट इण्डियन कम्पनी संचालन गरेको ब्रिटिसले उत्पादन गरेका भारतीय राजनीतिज्ञ पनि खुरवार बनि सकेका थिए र नेपालको शिरानका रुपमा रहेको हिमालय पर्वत तलको भिरालो र त्यस पछिको मैदानमा सबैको कुदृष्टि गडेको थियो र नै नेपाली युवाहरुले असली राजनीतिक ज्ञान प्राप्त गर्ने सकेनन् र आज सम्म पनि चेत पलाउन सकेकै छैन ।
ई.स. १८१४ देखि १८१८ ई.स. सम्म चलेको प्रथम बिश्वयुद्धमा नेपालले शर्त सहित १४ हजार सेनाको ४ पल्टन सहायता दिएको थियो । नेपाली सेनालाई समुन्द्र पार नपठाउने, नेपालकै कानून बमोजिम अपराध गर्नेलाई दण्ड सँजाए दिने ब्यवस्था, नेपाली सेनालाई हिन्दु आचरणमै सेवा उपलव्ध गराउने र ब्रिटिस अधिकारीले हिन्दु आचरणमा रहेको प्रमाण्न पत्र दिने ब्यवस्था गरिएको हँुदा नेपालीको सहयोगले नै प्रथम र दोस्रो बिश्वयुद्ध सफल भएको थियो ।
आज नालायक इण्डियन अर्ध राजनीतिक प्रशिक्षण प्राप्त नेपाली राजनीतिज्ञहरुको कारण नेपाललाई इण्डिया र पश्चिमेली देशहरुले खप्लक्कै खाइसकेका छन् । यो अबस्थामा चीन र रसियाले नेपाललाई कसरी हेरेको छ ? कस्तो किसिमको राजनीतिक सहयोग समर्थन दिन्छ ? नेपाली जनताले बिवसका साथ हेरिराखेका छन । नेपाललाई खाने बाघले चीनलाई बाँकी त पक्कै राख्ने छैन । यी प्रश्न गम्भिर छन । बीर गोर्खालीहरुको गौरवता अझै बाँकी छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend