शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज राति चीन प्रस्थान गर्ने एमालेको उच्चस्तरीय टोलीमा को-को छन् ?

आज राति चीन प्रस्थान गर्ने एमालेको उच्चस्तरीय टोलीमा को-को छन् ?

खबरब्रेकिंग,काठमाडौं भदौ १६ गते । आज नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली १२ दिने भ्रमणका लागि आज राति चीन जान लागेको हो। महासचिव पोखरेल नेतृत्वको एमालेको प्रतिनिधि मण्डलले चीनका मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछन्।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार भेटमा नेपाल र चीनको द्वीपक्षीय सम्बन्धका विविध पक्ष, नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ।

को-को जाँदेछन् चीन भ्रमणमा ?

१ शंकर पोखरेल, महासचिव
२ डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३ राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४ ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य
५ रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य
६ टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७ सहदेव बोगटी, केन्द्रीय सदस्य
८ निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९ मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१० अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११ रचना खड्का, केन्द्रीय सदस्य
१२ भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३ मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य
१४ कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५ लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६ पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७ क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८ समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९ गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२० हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका सचिवालय
२१ राजेश राई
२२ सरोजकुमार रेग्मी

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend