आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तारकेश्वरमा ९ लाख बराबरको चोरी

तारकेश्वरमा ९ लाख बराबरको चोरी

 

१२ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरकोे कोठामा चोरी भएको हो । प्रहरीका अनुसार उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका–२५ खोकनामा पनि २ लाख रुपैयाँ चोरी भएको छ । खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट बुधबार दिउँसो २ लाख रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend