आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जनस्तरमै मित्रता र सहकार्यलाई सुदृढ बनाउनु हाम्रो प्राथमिकता होः सभापति बिसी

जनस्तरमै मित्रता र सहकार्यलाई सुदृढ बनाउनु हाम्रो प्राथमिकता होः सभापति बिसी

 

५ भदौं,काठमाडौं । जन सार्क समन्वय मञ्च नेपालका सभापति हरि बहादुर बिसीले सार्क राष्ट्रहरूबीचको क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन मञ्चले आगामी दिनमा अझ सक्रिय भूमिका खेल्ने बताएका छन् । मञ्चको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी तहमा भारत र पाकिस्तानबीचको राजनीतिक तथा कूटनीतिक तनाबका कारण सार्कले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको प्रसंग उठाउँदै, जनस्तरमै सहकार्य र मित्रता विस्तार गर्ने दिशामा गैर–सरकारी निकायहरूको जिम्मेवारी थप बढेको बताए ।

“सार्क राष्ट्रहरूबीचको वास्तविक एकता र सहकार्य तब मात्र सशक्त हुन्छ, जब जनस्तरमै मित्रता, विश्वास र सहअस्तित्वको भावना गहिरिन्छ,” सभापति बिसीले भने, “त्यसैले हाम्रो मञ्चले भविष्यमा साझा सांस्कृतिक, शैक्षिक, सामाजिक र आर्थिक गतिविधिहरूलाई प्राथमिकतामा राख्दै सार्कका नागरिकहरूबीच आत्मीयता र समझदारी बढाउने अभियानलाई बल दिनेछ ।”

उनले क्षेत्रीय सहकार्यलाई कागजी मात्र नभई व्यावहारिक बनाउन शिक्षा, पर्यटन, युवा आदान–प्रदान, कला–संस्कृति र वातावरण संरक्षणजस्ता विषयमा साझा कार्यक्रम अघि बढाइने जानकारी गराए । साथै, उनले नेपाललाई सार्क मुलुकहरूबीच मित्रता र सहकार्यको ‘पुल’ बनाउन सकिने उल्लेख गर्दै, यसका लागि मञ्च निरन्तर पहलशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सभापति बिसीले गैर–सरकारी तहमा हुने यस्तो पहलले केवल आपसी सम्बन्धलाई मात्र नजिक ल्याउने नभई क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको मार्ग पनि प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend