आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रवि लामिछाने चौथो शक्तिका रूपमा स्थापित, आलोचकहरू हावादारी : अधिवक्ता गणेश शर्मा

रवि लामिछाने चौथो शक्तिका रूपमा स्थापित, आलोचकहरू हावादारी : अधिवक्ता गणेश शर्मा

 

१ भदौं, काठमाडौं । अधिवक्ता गणेश शर्माले फेसबुकमार्फत् हालसालै एक विचार सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सफलतालाई नकारात्मक दृष्टिले हेर्नेहरूप्रति प्रश्न उठाएका छन् ।

उनले लामिछानेलाई केवल एउटा व्यक्तिको रूपमा मात्रै देख्दै आलोचना गर्नेहरूको राजनीतिक चेतमाथि शंका गर्दै भनेका छन्, “रविको साहस र क्षमताले उनले मुलुकमा चौथो राजनीतिक शक्ति स्थापित गरिसकेका छन्, जुन काम धनाढ्यदेखि पुराना राजनीतिज्ञसम्मले वर्षौंसम्म गर्न नसकेका थिए ।”

शर्माले लामिछानेविरुद्ध समय खर्च गर्नेहरूको आलोचना गर्दै भनेका छन्, “यदि ती आलोचकले साँच्चिकै राजनीति बुझेका भए, संलग्न भएका भए, उतै खर्च गरे हुने थियो । तर केवल टिप्पणीमै सीमित रहनु दया लाग्दो अवस्था हो ।”

उनले विगतमा विभिन्न व्यक्तिहरूले खडा गरेका तर निरन्तरता दिन नसकेका राजनीतिक दल र आन्दोलनहरूको उदाहरणसमेत दिएका छन् । उनका अनुसार सर्वोच्च कमान्डर गणेशमान सिंहको जागरण हराएको छ, देउवा पक्षको प्रजातान्त्रिक कांग्रेस हराएको छ, विजयकुमार गच्छदार कांग्रेसमा फर्किएका छन्, पशुपतिशमशेर र डा. लोहनी राप्रपामा फर्किए पनि स्थिर छैनन्, सीपी मैनाली रितै छन्, बाबुराम भट्टराई र अशोक राई हावामा छन् ।

त्यसैगरी, उनले नारायणसिंह पुनको पार्टी कांग्रेसमा विलय भएको, केशव स्थापित एमालेमा पुगेको, कमल थापाले आफ्नो पुरानो पार्टीलाई निरन्तरता दिन नसकेको, स्व. सूर्यबहादुर थापाले खडा गरेको दल हराएको, गजेन्द्र नारायण सिंहको सद्भावना पार्टी हराएको, वामदेव गौतम नेकपा (एस) प्रवेश गरेको, भिम रावलले पार्टी बनाउन नसकेको, चित्रबहादुर र नारायणमानहरूको पार्टी एक-एक सिटमै सीमित रहेको प्रसंग उठाएका छन् ।

यी सबै उदाहरणलाई औंल्याउँदै अधिवक्ता शर्माले लामिछानेको राजनीतिक यात्रा सफल भएको दाबी गरेका छन् । उनले भने, “यी सबै तुलनात्मक अध्ययन गर्दा रवि लामिछाने त राजनीतिमा सफल छन् । कतिपय त राजनीतिमा आउन नसकेर गुमनाम भइसकेका छन् । त्यसैले हावादारी तर्क गरेर रविलाई गाली गर्नु अन्याय हो ।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend