आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रामकुमार बस्नेत उपाध्यक्षमा उम्मेदवार

रामकुमार बस्नेत उपाध्यक्षमा उम्मेदवार

 

१ भदौं, काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघको २२औं साधारण सभाको सन्दर्भमा नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगको मापदण्डअनुसार शनिवार उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

सो अवसरमा वर्तमान कोषाध्यक्ष रामकुमार बस्नेतले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन । बस्नेतले भीमबहादुर गोले नेतृत्वको संयुक्त टिमबाट उम्मेदवारी घोषणा गरेका हुन ।

पूर्व अध्यक्षज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, वर्तमान अध्यक्षज्यू, पदाधिकारीज्यूहरू लगायत संस्थाका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा उम्मेदवारी दर्ता प्रक्रिया उत्साहपूर्ण रहेको थियो ।

बस्नेतले आफ्नो उम्मेदवारीमार्फत संस्थाको सुदृढीकरण, पारदर्शिता र सदस्यहरूको हितलाई प्रमुख एजेन्डा बनाइ अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

नेपाल पर्यटक यातायात व्यवसायी संघको २२औं साधारण सभा र निर्वाचनले नयाँ नेतृत्व चयनमार्फत संस्थालाई अझ सक्षम र परिणाममुखी बनाउन योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend