१ भदौं, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामार्फत उक्त पदमा योग्य उम्मेदवारलाई दरखास्त दिन आह्वान गरिएको हो ।
सूचना अनुसार इच्छुक उम्मेदवारले गोप्य सिलबन्दीमा आफ्नो आवेदन २१ दिनभित्र पेस गर्नुपर्नेछ । महाप्रबन्धक पदका लागि प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरेको र उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको व्यक्ति उम्मेदवार बन्न पाउने प्रावधान छ । मन्त्रालयले तोकेको समयसीमा भित्र आवेदन पेस गर्ने व्यक्तिमध्ये योग्य उम्मेदवार छनोट गरी नियुक्ति प्रक्रिया अघि बढाइने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend