आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपालमा मनसुन केही कमजोर, तर मध्यमदेखि भारी वर्षाको सम्भावना

नेपालमा मनसुन केही कमजोर, तर मध्यमदेखि भारी वर्षाको सम्भावना

१ भदौं, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले हाल नेपालमा मनसुन केही कमजोर बनेको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षा हुने क्रम भने निरन्तर जारी रहने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । विशेषगरी मधेस प्रदेश, कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ । साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ ।

आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा साधारणतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली हुने अनुमान गरिएको छ । मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशका तराई र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

मौसमविद्हरूले अविरल वर्षाका कारण नदी–नाला र खहरे खोलामा पानीको सतह बढ्ने, पहिरो र भू–क्षयको जोखिम रहने भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend