२८ साउन, काठमाडौं । अधिवक्ता गणेश शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मूल मुद्दा राजा र हिन्दू अधिराज्य भए पनि पार्टीकै नीतिगत धार बोकेको विभिन्न राजावादी समूहकै कारण संगठन व्यवस्थित हुन नसकेको आरोप लगाएका छन्।
उनका अनुसार, पञ्चायतकालीन राजनीति गरेका, बहुदलीय प्रजातन्त्रपछि विभिन्न दलबाट आएका, पूर्व सुरक्षाकर्मी तथा कर्मचारी, दरबार निकट शक्तिकेन्द्र, र विभिन्न धार्मिक संघ–संगठनमा आबद्ध थरी–थरीका राजावादी समूहले पार्टीको समर्थनको ग्राफ तल झार्ने कार्य गर्दै आएका छन्। शर्मा भन्छन्, “चुनावजस्तो जनमत परीक्षणको अवसरमा समेत यी समूहहरू नै राप्रपाका मुख्य शत्रु बन्ने गरेका छन्।”
शर्माले सामाजिक सञ्जालमा लेख्दै, यूवा सम्मेलनमै समेत विवाद र लफडा भएको उदाहरण दिँदै यस्तो आन्तरिक आक्रमणकै कारण राप्रपा स्थिर र प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend