२७ साउन, काठमाडौं । आगामी २०८२ साल भदौं ३ गते (१९ अगस्ट २०२५) सम्पन्न हुन गइरहेको नेपाल पर्यटक यातायात व्यावसायि संघ (NTVA) को निर्वाचनमा सचिव पदका लागि टेक पुन मगरले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। बरिष्ठ पर्यटक यातायात व्यवसायी तथा नरम, मिजासिलो र भद्र स्वभावका धनी भिम बहादुर गोले तामाङको टोलीबाट उम्मेदवार बनेका मगरले पर्यटक यातायात क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई आफ्नो प्राथमिकता हुने बताएका छन्।
उनका अनुसार, वर्तमान कार्यसमितिको पाइपलाइनमा रहेका कार्यलाई निरन्तरता दिने, प्रादेशिक कार्यालयहरूको विस्तार गर्ने, इम्बुस्ट नम्बरसम्बन्धी मुद्दामा व्यवसायीको अधिकार सुनिश्चित गर्ने, सवारी पार्किङ्गको समस्या समाधान गर्ने, आधुनिक भाडादर लागू गर्ने र रातो नम्बर प्लेट सञ्चालनलाई केवल पर्यटक यातायात कम्पनीको हकमा सीमित राख्ने योजना रहेको छ। साथै, व्यवसायीमैत्री वातावरण निर्माणका लागि आफूले शुद्ध सेवाभावका साथ योगदान दिने प्रतिबद्धता समेत जाहेर गरेका छन्।
सचिव पदका उम्मेदवार टेक पुन मगरले सम्पूर्ण पर्यटन व्यवसायी, चालक तथा सहचालकहरूलाई अमूल्य मत दिई आफूलाई विजयी गराउन आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend