२६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा माननीय डा. शशांक कोईरालाज्युकी सुपुत्री सुप्रिया कोईरालाज्युलाई आज परेको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरिएको छ। भेटघाट रेष्टुरेन्ट परिवारका अध्यक्ष गोविन्द प्रसाद तिवारीलगायत सम्पूर्ण परिवारले सुप्रिया कोईरालाज्युलाई दीर्घायु, सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दै सफल र समृद्ध जीवनयात्राको मंगलकामना गरेका छन्। नेपाली राजनीतिको प्रतिष्ठित कोईराला परिवारकी सुप्रिया कोईरालाले आफ्नो जीवनमा अध्ययन, सामाजिक सेवा र व्यक्तित्व विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहनु भएको भन्दै रेष्टुरेन्ट परिवारले गर्व व्यक्त गरेको छ। जन्मदिनले नयाँ उमङ्ग, प्रेरणा र उपलब्धि बोकेर सुप्रिया कोईरालाको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।
भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्द प्रसाद तिवारी केवल सफल व्यवसायी मात्र नभई सामाजिक सेवामा पनि सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनले लामो समयदेखि विपन्न, असहाय र दिनदुःखी व्यक्तिहरूलाई आवश्यक सहयोग गर्दै आएका छन्। समाजसेवाप्रति उनको समर्पण र योगदानका कारण तिवारी दुई दर्जनभन्दा बढी विभिन्न संघ–संस्थाबाट सम्मानित भइसकेका छन्। उनको नेतृत्वमा सञ्चालित भेटघाट रेष्टुरेन्ट हाल नेपालका धेरै प्रमुख शहरहरूमा शाखा विस्तार गरिसकेको छ र यसलाई नेपालको चर्चित रेष्टुरेन्ट ब्रान्डको रूपमा मानिन्छ। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्त्व दिने तिवारीको कार्यशैलीले उनलाई समाजमा प्रेरणादायी उदाहरणका रूपमा स्थापित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend