२३ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न १३ बुँदाका एजेण्डामाथि विस्तृत छलफल हुनेछ।
बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडीबारेको छानबिन प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिहरू मुख्य एजेण्डा रहनेछन्। साथै, पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने विषय, विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रस्ताव पनि छलफलमा रहने छ।
यससँगै बैठकमा केन्द्रीय विभाग र प्रदेश विभागका नयाँ नियुक्ति सम्बन्धी प्रस्तावमाथि पनि विचार विमर्श हुनेछ। पार्टी नेतृत्वले बैठकमार्फत संगठन सुदृढीकरण, नीति स्पष्टता र आगामी राजनीतिक कदमबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend