सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

१५ भदौं, काठमाडौँ । मनाङको थोचे आसपासमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

सो कुरा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend