सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेतृत्व विकास कार्यक्रम गोरखामा शुक्रवार देखि शुरु

नेतृत्व विकास कार्यक्रम गोरखामा शुक्रवार देखि शुरु

५ भदौं गोरखा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि शुरु भएको छ ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको एक समारोह बीच लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले उद्घाटन गरेका छन् । नेतृत्व विकास कार्यक्रममा सार्वजनिक भाषण तथा उद्घोषणकला, नेतृत्व विकास, लायनवादका आधारभूत सिद्धान्त, डिष्ट्रिक्टको यस बर्षको नारा मानवता पहिलो प्राथमिकता सहित क्लबको उत्कृष्टताका लागि सामूहिकता, नेतृत्व विकास सम्वन्धी विभिन्न अभ्यास लगायतका विषयमा एलसीआइएफ एरिया लिडर राजन लम्साल, मल्टीपल डिष्ट्रिक्ट को(अर्डिनेटर डि।के। ढुङ्गाना, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गर्भनरहरू दिनेश श्रेष्ठ, इन्दु लम्साल, मोटिभेसनल स्पिकर नर बहादुर कार्की, डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गाना,डिएलएलआई चिफ एवं डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे लगायतले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा डिष्ट्रिक्टका ८६ वटा क्लब अध्यक्षको सहभागीता रहेको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले जानकारी दिए । कार्यक्रम शुरु हुन अघि गोरखा बजारको हरमटारी चोकबाट बाजासहितको लायन्सको र्रयालीले बजार परिक्रमा गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend