शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

२८ साउन, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा तालिम सञ्चालन गर्न लागेको हो ।

बिहान १० बजेदेखि तालिम होटल उडल्याण्ड, दरबारमार्ग काठमाडौंमा सुरु हुने कम्पनीले जनाएको छ । तालिम शुल्क ५ सय रुपियाँ तोकिएको छ ।

तालिममा सहभागी हुन इच्छुक जोकोहीले भदौ ११ गतेभित्र कम्पनीको शाखा कार्यालय तथा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend