शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

टान निर्वाचनमा अध्यक्ष पदका लागि पाण्डेले उम्मेदवारी दिने घोषणा

टान निर्वाचनमा अध्यक्ष पदका लागि पाण्डेले उम्मेदवारी दिने घोषणा

२७ साउन, काठमाडौँ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको निकट भविष्यमा हुन गैरहेको आसन्न निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै छ । जसमा विभिन्न ट्रेकिङ सम्बद्ध पर्यटन व्यवसायीहरु कार्यसमितिमा निर्वाचित भएर जानको लागि तयारीमा जुटनु भएको छ । यसै माझ नेपालको पर्वतीय पर्यटनको विकासमा निरन्तर लाग्नु भएका सागर पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । टानका पूर्वमहासचिवसमेत रहनुभएका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकतामा राख्दै आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend