सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्छः राज्यमन्त्री चौधरी

पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्छः राज्यमन्त्री चौधरी

२६ साउन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल विकासको प्रमुख आधार पर्यटन क्षेत्र नै भएको बताउनु भएको छ । थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सोही अबसरमा राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताउनु भयो ।

‘नेपालजस्तो अनौठो र विविधताले भरिएको संस्कृति विश्वका कुनै देशमा छैनन् । सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा छैन । त्यसैले विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ राज्यमन्त्री चौधरीले भन्नु भयो । यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उहाँको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend