खबरब्रेकिंग,काठमाडौं भदौ १४ गते । भदौ १७ र १८ मा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने भएको छ। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतीकरण एवम् अन्तर्वार्ताका लागि सुचना प्रकाशित गरेको हो।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सुचना प्रकाशित गरेको छ।
आयोगको उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुस दाहाल र प्राडा विधान निधि पौडेल दरखास्त स्वीकृत भएको छ। यस्तै वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा र प्राडा मनेनप्रसाद गोर्खालीको दरखास्त पनि स्वीकृत गर्दै प्रतिस्पर्धामा रहेका छन्।
उम्मेदवारहरुले सोचपत्रको प्रस्तुतीकरण भदौ १५ गते ३ बजे भित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा पेश गर्न भनिएको छ।
हेरौं सूचना

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend