फाइल तस्विर
खबरब्रेकिंग, काठमाडौं भाद्र ११ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकै ठाउँमा देखिएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग बसेको तस्बिर शेयर गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर भनेर शेयर गरेका छन् । ‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या’, उनले तस्बिरको क्याप्सनमा लेखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend