शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमालेको सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीको फोटो मात्रै सार्वजनिक गरिने

एमालेको सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीको फोटो मात्रै सार्वजनिक गरिने

खबरब्रेकिग,काठमाडौं, साउन ३२ गते । नेकपा (एमाले) को सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो मात्रै सार्वजनिक गरिने भएको छ । पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरूको फोटो सार्वजनिक नगर्ने निर्णय गरिएको एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन् । नेता रिमालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय परिपत्रमार्फत पठाइने उनले उल्लेख गरेका छन् । रिमालका अनुसार कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको हो । यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथिलगायत व्यक्तिलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन पार्टीपंक्तिलाई निर्देशन दिइने रिमालले बताए।

आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नीति एमालेले लिएको छ । एमाले अध्यक्ष ओलीले पनि आसनग्रहणलगायत विषयमा निर्णय गरिएको बुधबार हिजो सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend